'देवदहमा क्लबस्तरीय भलिबल प्रतियोगिता सुरू, देउराली र नभ प्रतिभा दोस्रो चरणमा प्रवेश'

२ हप्ता अगाडि

रूपन्देहीको देवदहमा क्लब स्तरिय भलिवल प्रतियोगिताको शुरूवात भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित मुढावास यूवा क्लबको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा देवदह १० का वडाअध्यक्ष यक बहादुर सुनारले खेलले यूवाहरुलाई अनुशासित बनाउन भलिवल खेल महत्वपूर्ण रहेको भन्दै यस क्षेत्रको भलिवल प्रतियोगिताले आन्तरिक पर्यटनमा टेवा पुगेको जिकिर गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सुनारले विगत ८ बर्ष देखि यूवाहरुलाई प्रोत्साहन गर्ने गरी शारिरीक सुगठन तथा क्षमता बृद्धिका लागि निरन्तर बजेट विनियोजन गरेको बताउनु भयो । पहिलो दिनको खेलमा देउराली युवा क्लब तिनाउ ३ पाल्पा र नभ प्रतिभा यूवा क्लब बुटवल दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा देउराली युवा क्लबले संगम युवा क्लब देवदह चरङ्गेलाई २५–२२ , २५– २३ र २० १८ को सेटमा हराउदै दोस्रो चरणमा प्रवेश गरेको त्यस्तै पहिलो दिनको दोस्रो खेलमा नभ प्रतिभा यूवा क्लब बुटवलले सरहनवारी यूवा क्लब देवदह ६ लाई २५– २३ र २५– २१ को सोझो सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेको मुढावास युवा क्लबका अध्यक्ष पुरन सिं सलामीले जानकारी दिनु भयो । देवदह नगरपालिका वडा नं. १० तथा त्रिशुली सामुदायिक वनको आर्थिक सहयोगमा प्रतियोगितामा भईरहेको हो ।

सुमन तरामीको अध्यक्षता तथा होम बहादुर सलामीको संचालनमा भएको उद्घाटन सत्रको कार्यक्रममा वडा नं. १० का वडा सदस्य भविलाल थापा, जनकल्याण आधारभुत विद्यालयका अध्यक्ष भक्त बहादुर सलामी,मुढावास टोल विकास संस्थाका अध्यक्ष रूद्र बहादुर सलामी,लाली गुराँस आमा समुहकी अध्यक्ष मनु सलामी,हिमाल मल्ल, लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ