'सुर्खेतकी एक महिला दुई छोराछोरीसहित बेपत्ता'

३ हप्ता अगाडि

सुर्खेतको गुर्भाकोट नगरपालिका-१२ पिप्लेकी एक महिला दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छन् ।

३८ वर्षीया माया कठायत, ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपकसहित आइतबार बिहान करिब ७ बजेदेखि बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढ्थापाका अनुसार मायाका श्रीमान् भूपेन्द्रले श्रीमती र केटाकेटीसहित बेपत्ता भएको बेलुकी प्रहरी चौकी गुमीमा खबर गराएका थिए ।

प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा खटिएको टोली र स्थानीयले खोजतलास गर्ने क्रममा घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पारेका छन् ।

उनीहरू नदीमा हाम फालेको हुनसक्ने प्रहरीको आशंका छ । नदी आसपास क्षेत्रमा ३५ जना प्रहरी र स्थानीयले खोजिरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने