'विराटनगरको सिटिजन्स बैंकमा ४ करोड ९१ लाख हिनामिना, ५ कर्मचारीमाथि अनुसन्धान'

२ हप्ता अगाडि

विराटनगरको कञ्चनबारीमा रहेको सिटिजन्स बैंकमा ४ करोड ९१ लाख हिनामिना भएको पाइएको छ ।

आफ्नै कर्मचारीको मिलेमतोमा यति ठूलो रकम हिनामिना भएको पाइएपछि बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ ।

कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको बैंकबाट उजुरी आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बताए ।

कट्टुवालले भने, ‘उजुरी परेको छ । हामी छानबिन गरिरहेका छौँ । अनुसन्धान भइरहेकाले अहिले नै यसै हो भन्न सक्ने अवस्था रहेन ।’

अनुसन्धानका लागि आवश्यक कागजात माग भइ छानबिन थालिएको प्रहरीको भनाइ छ । रकम घोटालामा संलग्न व्यक्तिबारे अहिले खुलिनसकेको उनले बताए ।

बैंक स्रोतका अनुसार घोटालामा ५ जना कर्मचारीको संलग्नता देखिएको र उनीहरू सबैमाथि कारबाहीका लागि उजुरी गरिएको हो । कञ्चनबारी शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा सो घोटाला भएको आन्तरिक लेखापरीक्षणमा देखिएको स्रोत बताउँछ ।

आन्तरिक लेखा परीक्षणमा ठूलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि बैंक प्रशासनले संलग्न कर्मचारीलाई निलम्बन गरिसकेको छ । हिनामिना भएको रकम असुलउपर गर्न र दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइएको बैंक स्रोत बताउँछ ।

ती कर्मचारीले फिक्स डिपोजिटमा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको पाइएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ