'देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलमा कक्षा १० का विद्यार्थीलाई शुभकामना कार्यक्रम'

३ हप्ता अगाडि

देवदह — देवदह नगरपालिका–७ स्थित देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलमा शैक्षिक सत्र २०८२ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार विद्यालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा कक्षा १० का विद्यार्थीहरूले विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू, सिकाइका अनुभवहरू तथा शिक्षक र साथीहरूसँग बिताएका स्मरणीय पलहरूबारे भावुक हुँदै आफ्ना अनुभूति साटासाट गरेका थिए। उनीहरूले विद्यालयले प्रदान गरेको शिक्षा, अनुशासन र मार्गदर्शनले आफ्नो भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता कक्षा ९ की विद्यार्थी दिया न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्राचार्य मनोजकुमार गैरे, कार्यवाहक प्राचार्य मानबहादुर क्षेत्री, आन्तरिक विद्यालय व्यवस्थापक सुजाता लामिछाने, सह–प्राचार्य विष्णुप्रसाद अर्याल, कक्षा १० का कक्षा शिक्षकहरू, प्रशासनिक कर्मचारीहरू तथा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा प्रमुख अतिथि तथा अन्य वक्ताहरूले कक्षा १० का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी चैत १९ गतेदेखि सञ्चालन हुने एसइई परीक्षाका लागि शुभकामना व्यक्त गरेका थिए। साथै कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए।

कार्यक्रमको सञ्चालन कक्षा ९ का छात्रा अनुश्रा पौडेल र छात्र सिद्धार्थ बस्यालले संयुक्त रूपमा गरेका थिए। कार्यक्रम अवधिभर गायन, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। विद्यार्थीहरूले आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गर्दै उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।

शुभकामना कार्यक्रमले कक्षा १० का विद्यार्थीहरूको विद्यालय जीवनको अन्तिम चरणलाई अझ भावुक र स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे