'नेप्सेमा २३.८७ अंकको उछाल, कारोबार रकम १४ अर्ब नाघ्यो'

३ हप्ता अगाडि

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३.८७ अंक बढेको छ ।

सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोडको भयो ।

आज १७६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ९ को स्थिर रह्यो । आज बैंकिङ समूह नै सबैभन्दा धेरै बढ्यो सो समूह २.०२ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक १.२८, फाइनान्स १.३०, हाइड्रोपावर १.१०, लगानी १.१४, जीवन बीमा ०.३६, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.२७ तथा व्यापार ०.१४ प्रतिशत बढे ।

निर्जीवन बीमा ०.०४, अन्य ०.७४ र होटल तथा पर्यटन समूह ०.३५ प्रतिशत घटे । चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र होटल फरेस्ट इन छन् । होटल फरेस्ट इन आजैबाट कारोबारमा आएको हो ।

त्यस्तै दरामखोला हाइड्रोपावरको ९.४६, हिमाल दोलखा हाइड्रोपावरको ७.१४ प्रतिशत मूल्य बढ्यो ।

त्रिशुली जलविद्युत्को मूल्य सबैभन्दा धेरै ३.१४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, एचआईडीसीएल प्रोमोटर, कुमारी बैंक, हिमाल दोलखा हाइड्रोपावर र बलेफी हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ