'मध्यपूर्व तनावको असर नेपालमा: खाना पकाउने ग्यास अभाव, डिपोमा लामो लाइन'

३ हप्ता अगाडि

मध्यपूर्वमा बढ्दो तनावको प्रभाव नेपालमा पनि देखिन थालेको छ।

खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएपछि विभिन्न स्थानका ग्यास बिक्री डिपोहरूमा उपभोक्ताहरूको लामो लाइन देखिन थालेको छ भने कतिपय डिपोहरू बन्द समेत भएका छन्।

राजधानीको बालाजु उद्योगिक क्षेत्रमा बुधबार बिहानैदेखि ग्यास किन्न उपभोक्ताहरूको भीड लागेको देखिएको छ।

उपभोक्ताहरू रित्तो सिलिण्डर बोकेर बिहानैदेखि लाइनमा बसेका छन्। केही उपभोक्ताले ग्यास भरिएको सिलिण्डर पाएर फर्किए पनि अधिकांशले अभावको सामना गर्नुपरेको गुनासो गरेका छन्।

अमेरिका, इजरायल र इरानबीच जारी तनावका कारण खाडी क्षेत्रको अवस्था झन् जटिल बन्दै गएको छ। इरान, युएई र ओमानसँग जोडिएको महत्वपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ प्रभावित हुँदा सो मार्गबाट हुने ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानीमा समस्या देखिएको छ। यसले विश्वव्यापी रूपमा आपूर्तिमा असर पारिरहेको छ।

नेपालमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास भारतमार्फत आयात हुने भएकाले भारतमै आपूर्ति प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको हो। पेट्रोलियम पदार्थको बिक्री वितरणको जिम्मेवारी पाएको नेपाल आयल निगमले समस्या समाधानका लागि प्रयास गरिरहेको जनाएको छ। तर हालसम्म आपूर्ति सहज बनाउन चुनौती देखिएको छ।

यसबीच, उपभोक्ताहरूले बजारमा ग्यास अभाव भएको गुनासो गर्दै सरकारसँग तत्काल आपूर्ति सहज बनाउन माग गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ