'रवि लामिछानेको चुनाव खर्च ९ लाख ९० हजार भन्दा तल'

३ हप्ता अगाडि

चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

उनले चुनावमा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको जनाएका छन् ।

उनले उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ, नमूना मतपत्र छपाइमा ६८ हजार १ सय ६१ रुपैयाँ र यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको जनाएका छन् ।

यस्तै, मतदाता प्रशिक्षणमा खाजा खर्च १४ हजार २ सय रुपैयाँ, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार, प्रचार सामग्री खरिदमा १ लाख १२ हजार रुपैयाँ, ब्यानर स्टिरकमा ५५ हजार रुपैयाँ र खाद्यान्न खरिदमा १ लाख ९६ हजार रुपैयाँ, हवाई खर्च १३ हजार ६ सय २६ रुपैयाँ र गोष्ठी भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको निर्वाचन आयोगलाई बुझाएको विवरणमा लेखेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ