'श्रम संस्कृति सहित ६ दलले पाए राष्ट्रिय दलको मान्यता'

३ हप्ता अगाडि

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो, नेपाली कम्युनिस्ट पार्टी चौथो, श्रम संस्कृति पार्टी पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी छैठौं हुने निश्चित भएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यता सम्बन्धी व्यवस्था छ ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सो व्यवस्था अनुसार प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ ।

निर्वाचन अयाोगको मतपरिणाम अनुसार एक करोड पाँच लाखभन्दा बढी मतगणना हुँदा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले नेकपा (एमाले) ले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीे मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी ६ वटा दल राष्ट्रिय दल बनेका छन् ।

नेपाली कांग्रेसले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा (एमाले) ले १४ लाखभन्दा बढी मत प्राप्त गरेको छ । नेकपाले साढे सात लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

श्रम संस्कृतिले साढे तीन लाखभन्दा बढी मत प्राप्त गरेको छ । यसैगरी, राप्रपाले तीन लाख २७ हजार मत प्राप्त गरेको छ ।

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को परिच्छेद-५ मा ‘उम्मेदवारको छनौट प्रक्रिया’ अन्तर्गत दफा ३३ मा ‘सीटको बाँडफाँड गर्ने’ व्यवस्था छ । सो निर्देशिकाको दफा ३४ मा ‘मत परिणाम विभाजक सूत्र’ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ