'भारतमा ग्यास अभावका कारण शवदाह गृहहरू बन्द, होटेलहरू बन्द हुने अवस्थामा'

३ हप्ता अगाडि

भारतमा खाना पकाउने ग्यास (एलपिजी)को आपूर्तिमा ठुलो संकट उत्पन्न भएको छ।

जसका कारण मध्य प्रदेश, उत्तराखण्ड, महाराष्ट्र, पन्जाब, राजस्थान, छत्तीसगढ, हरियाणा, कर्नाटक, तेलंगाना र आन्ध्र प्रदेशलगायतका राज्यहरूमा व्यावसायिक ग्यासको आपूर्तिमा रोक लगाइएको छ। यो स्थितिले यी राज्यहरूमा सञ्चालित रेस्टुरेन्ट र होटेलहरू बन्द हुने अवस्थामा पुगेका छन्।

पश्चिम एसिया (मिडिल इस्ट) मा बढ्दो भूराजनीतिक तनावले भारत आउने एलपीजीका ढुवानीमा ढिलाइ भइरहेको छ। जसले गर्दा घरेलु बजारमा ग्यासको अभाव सुरु भएको छ।

मध्य प्रदेशमा होटेल र रेस्टुरेन्ट सञ्चालकहरूका अनुसार हालै सिलिन्डरको मूल्य १७७३ रुपैयाँबाट बढेर १८८८ रुपैयाँ पुर्‍याइएको छ। उनीहरू यो बढेको मूल्य तिर्न पनि तयार छन्, तर विवाहको सिजनमै व्यावसायिक सिलिन्डरको आपूर्ति रोकिएको छ।

महाराष्ट्रको मुम्बई, पुणे र नागपुरमा व्यावसायिक ग्यासको भारी कटौती गरिएको छ। पुणेमा त अवस्था यति खराब छ कि नगर निगमले ग्यास शवदाह गृहहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ। राज्यका करिब ९,००० रेस्टुरेन्ट र बारहरू बन्द हुने खतरामा छन्।

पञ्जाबमा यहाँ मार्च ८ देखि नै १९ किलोका व्यावसायिक र ठुला औद्योगिक सिलिन्डरको वितरण रोकिएको छ। वितरकहरूलाई २५ दिनअगाडि कुनै पनि घरेलु सिलिन्डरको बुकिङ नलिन भनिएको छ।

यसरी सङ्कटलाई मध्यनजर गर्दै पेट्रोलियम मन्त्रालयले तीन तेल कम्पनी (OMCs) का कार्यकारी निर्देशकहरूको एक उच्चस्तरीय समिति बनाएको छ। जसले आपर्ती नियमित गर्ने कासिस गर्नेछ । घरेलु एसपीजी सिलिन्डरको रिफिल बुकिङका नियमहरूमा पनि परिवर्तन गरिएको छ। अब उपभोक्ताले एउटा सिलिन्डर डेलिभरी भएको २१ दिनको सट्टा २५ दिनपछि मात्र अर्को सिलिन्डर बुक गर्न सक्नेछन्। ग्यासको भण्डारण रोक्नका लागि डेलिभरी एजेन्टहरूले अब OTP वा बायोमेट्रिक भेरिफिकेसन प्रयोग गरिरहेका छन्।

यता इन्डियन आलयका मुख्य महाप्रबन्धक ९एसपीजी० के।एम। ठाकुरले ग्राहकहरूलाई नआत्तिन र अनावश्यक बुकिङ नगर्न आग्रह गरेका छन्। सरकार अब अमेरिकाजस्ता देशहरूबाट वैकल्पिक कार्गो मगाउने तयारी गरिरहेको छ। अन्तर्राष्ट्रिय स्तरमा G7 देशहरूले पनि आफ्नो आपत्कालीन तेल भण्डारबाट आपूर्ति जारी गर्नबारे छलफल गरिरहेका छन्। सरकारले सबै आलय रिफाइनरी कम्पनीहरूलाई एसपीजी उत्पादन बढाउने आदेश दिएको छ। रिफाइनरीहरूले प्रोपेन र ब्युटेनको प्रयोग केवल खाना पकाउने ग्यास बनाउनका लागि गर्नेछन्।

यस सङ्कटका बिच सरकारले घरेलु ग्यास सिलिन्डरको मूल्य ६० रुपैयाँले बढाएको छ। दिल्लीमा १४.२ किलोग्रामको एसपीजी ग्यास अब ९१३ रुपैयाँमा पाइन्छ। यस्तै, १९ किलोग्रामको व्यावसायिक सिलिन्डरमा ११५ रुपैयाँको वृद्धि गरिएको छ, जुन अब १८८३ रुपैयाँमा पाइन्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ