'बालेन साह नेतृत्वकाे नयाँ सरकार चैतकाे दाेस्राे साता मात्रै बन्ने'

३ हप्ता अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री भएको चैतको दोस्रो साता मात्र देख्न पाइने भएको छ ।

निर्वाचन आयोगले चैतको पहिलो साताभित्र सबै काम सकाउने भएपछि बालेन चैतको दोस्रो साता मात्रै प्रधानमन्त्री बन्ने भएका हुन । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण कार्यहरू चैतको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैतको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरू सम्पन्न भइसक्ने जानकारी दिएका हुन् ।

उनले मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताए । प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उमेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिने जानकारी दिए । त्यसपछि दलहरूबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उनले बताए ।

प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ रास्वपाको अग्रता रहेको छ ।

पछिल्लो प्राप्त मतपरिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत प्राप्त गर्ने निश्चित छ । हालसम्म रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी भएको छ। भने नेपाली कांग्रेसले १७ स्थानमा, नेकपा एमालेले ८ स्थानमा, नेपाली कम्युनिष्ट पार्टीले ७ स्थानमा, श्रम संस्कृति पार्टीले ३ स्थानमा र स्वतन्त्र अन्यमा २ स्थानको परिणाम सार्वजनिक भइसकेको छ ।

जसमा रास्वपाको एकल बहुमत पुग्ने स्थिति छ । प्रत्यक्षतर्फ १२५ स्थान र समानुपाति गरेर कुल १३८ सिट ल्याउने दलले बहुमतको सरकार गठन गर्न सक्नेछ । यसर्थ, प्रतिनिधि सभा निर्वाचनमा अब पाँच वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व गर्ने भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ