'रुपन्देही-१ मा आईटी हब स्थापना गर्ने बोहराको प्रतिबद्धता, युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने'

१ महिना अगाडि

रुपन्देही–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रज्ज्वल बोहराले युवाहरूलाई सूचना प्रविधि (आईटी) क्षेत्रमा जोड्दै स्वरोजगार र आयआर्जनका दिगो अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पछिल्लो समय बढ्दो बेरोजगारी र वैदेशिक पलायनको समस्या समाधान गर्न प्रविधि नै प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवारी दिएका बोहराले स्थानीय स्तरमै आईटी सम्बन्धी सीप विकास तालिम, डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइन, वेब डेभलपमेन्ट, प्रोग्रामिङ तथा फ्रीलान्सिङजस्ता क्षेत्रमा युवालाई दक्ष बनाउने योजना अघि सारेका छन्। “अबका युवाले बाध्यताले विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्छ। आफ्नै ठाउँबाट अनलाइनमार्फत आम्दानी गर्ने वातावरण बनाउन सकिन्छ,” उनले बताएका छन्।

उनले रुपन्देही–१ मा आईटी हब स्थापना, सहकार्यमा तालिम केन्द्र सञ्चालन, तथा स्टार्टअपलाई सहुलियत ऋण र परामर्शको व्यवस्था गर्ने पहल गर्ने उल्लेख गरेका छन्। विद्यालय तथा कलेज तहबाटै प्रविधिमैत्री शिक्षा र सीप अभिमुखीकरण कार्यक्रम लागू गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

बोहराका अनुसार, उत्पादनमूलक र सीपमूलक क्षेत्रमा युवालाई जोडेर मात्रै दीगो आर्थिक विकास सम्भव छ। “युवाको ऊर्जा र क्षमतालाई सही दिशामा प्रयोग गर्न सके रुपन्देही–१ लाई डिजिटल र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सकिन्छ,” उनले विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने