'सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा, गगन थापा प्रमुख वक्ता'

१ महिना अगाडि

नेपाली कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा आयोजना गर्दैछ।

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले दुई जिल्लामा छुट्टाछुट्टै कार्यक्रम तय गरेको हो।

कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेलका अनुसार मध्याह्न साढे १२ बजेपछि वीरेन्द्रनगर नगरपालिका स्थित घण्टाघर डबलीमा चुनावी सभा सुरु हुनेछ। सभालाई पार्टीका सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सुर्खेतको कार्यक्रमपछि आजै बाँके–३ अन्तर्गत जानकी गाउँपालिका–३ मानपुरमा पनि कांग्रेसको चुनावी सभा हुने जनाइएको छ। बाँके–३ का उम्मेदवारसमेत रहेका प्रदेश सभापति अमरसिंह पुनको सचिवालयले दिउँसो १:३० बजे मानपुरमा सभा आयोजना हुने पुष्टि गरेको छ। पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार उक्त सभालाई पनि सभापति थापाले सम्बोधन गर्नेछन्।

यसैक्रममा कांग्रेसले शुक्रबार रूपन्देहीको बुटवलमा समेत चुनावी सभा गर्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ