सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरण आदेश जारी गरेको हो।
अदालतले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले थुनामुक्त गर्न आदेश गरेको हो।
अदालतको आदेशसँगै प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको बताइएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0