आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मतदानमा नागरिकको अधिकतम सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निर्वाचन आयोग ले तीन दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरकारले बिदा घोषणा गरेको जनाएको छ।
सरकारको निर्णयसँगै सम्बन्धित सरकारी कार्यालय, सार्वजनिक निकाय तथा अधिकांश संघसंस्थामा उक्त अवधिभर बिदा लागू हुनेछ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यापक सहभागितासहित सम्पन्न गराउने तयारीका लागि यो निर्णय गरिएको जनाइएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0