'नेप्से २१.६२ अंकले उकालो, कारोबार रकम भने घट्यो'

१ महिना अगाडि

मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.६२ अंक बढेको छ ।

सो वृद्धिपछि २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २ अंक बढेके थियो । नेप्से परिसूचक बढे पनि कारोबार रकम घट्दै गएको छ । अघिल्लो दिन ५ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब २३ करोडको भयो ।

आइतबार ६ अर्ब ६९ करोडको कारोबार भएको थियो । २१३ कम्पनीको मूल्य बढ्दा ४२ को घट्यो भने ६ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सूचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढ्यो । बैंकिङ ०.३०, विकास बैंक १.११, फाइनान्स ०.६४, हाइड्रोपावर १.२७, लगानी ०.६१, जीवन बीमा ०.७०, उत्पादन तथा प्रशोधन १.७६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा ०.५२, अन्य ०.३३ तथा व्यापार १.४९ प्रतिशत बढे ।

साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३१, हिमालयन पावर पार्टनरको ९.१५, सागर डिस्टिलरीको ८.९६, बन्दीपुर केबुलकारको ८.३४ प्रतिशत मूल्य बढ्यो ।

नेपाल एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै ३.५८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, आँखुखोला जलविद्युत् कम्पनी, राधि विद्युत्, ङादी ग्रुप र रिडी पावर छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ