'दाङमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते'

१ महिना अगाडि

दाङको लमही–घोराही सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०:४० बजे चिसापानी भन्ने ठाउँमा दुर्घटना हुँदा ६ पुरुष र ३ महिला घाइते भएका हुन् ।

७ घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र २ घाइतेको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

बस दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँ बस्ने ३५ वर्षीय केशरबहादुर पुनले चलाएका थिए । बस चालक पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ