'धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय'

१ महिना अगाडि

धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ ।

दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा चार्यले बताइन् ।

दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा कायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार, कलंकीस्थित नेशनल अस्पतालमा एक महिलासिहत १० जना र ट्रमा सेन्टरमा १५ जना ल्याइएको छ । ट्रमामा एक जना युवकको मृत्यु भएको छ भने १४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सवारी दुर्घटना र डुबेर पाँच जनाको मृत्यु

जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ