'महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ'

१ महिना अगाडि

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले माथागढी गाउँपालिका– ७ बस्ने १९ वर्षीय रेमबहादुर ठाडालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

ठाडाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भनी दिएको जाहेरीमा करणी प्रमाणित हुने स्वास्थ्य परीक्षण रिपोर्ट पनि उल्लेख छ । ठाडालाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ