लमजुङको दोर्दी गाउँपालिका–१, भारते ढिन गाउँमा आफैँले चलाएको ट्याक्टरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ जिल्ला घर भई हाल सुन्दरबजार नगरपालिका–६ बस्दै आएका अन्दाजी ४२ वर्षीय शेरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
सोहि ठाउँमा लोड गरिएको ढुङ्गा ओसारपसार गर्ने क्रममा ग. १ त. ४३९४ नं. को ट्याक्टर शुक्रबार बिहान साढे ११ बजेतिर अचानक सडकमा पल्टिन पुगेको हो। सोहि क्रममा अगाडिको इन्जिनसहितको भाग माथि उठेर झर्दा चालक बसेको सिटसमेत च्यापिएर उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार जेसिभीको प्रयोग गरी चालक तामाङको शव निकालेर बेँसीसहर ल्याइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0