'रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ्'

१ महिना अगाडि

प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौं महानगरपालिका-३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ र खोटाङ केपिलासगढी गाउँपालिका-२ बस्ने ४८ वर्षीय मनिराज राई रहेका काठमाडौ‌ं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकामध्ये सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाउने भन्दै १७ लाख तथा मनिराज राईले अल्बानिया पठाउने भन्दै ३ लाख ७० हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्नै पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले उल्लेख गरे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची