'रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले एमालेका बासु घिमिरेलाई सघाउने'

१ महिना अगाडि

प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले रुपन्देही क्षेत्र नं ३ मा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ ।

पार्टीका उम्मेदवार अनुशासनको कारबाहीमा परेकाले प्रलोपाले रुपन्देही क्षेत्र नं ३ मा एमालेका घिमिरेलाई सघाउने निर्णय गरेको हो । पार्टीले प्रत्यक्षतर्फ एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न आफ्‌ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ ।

पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिकले संयुक्तरूपमा निर्णय सार्वजनिक गर्दै रुपन्देही क्षेत्र नं ३ को चुनावी तालमेलसम्बन्धी औपचारिक जानकारी गराए ।

यसअघि प्रलोपाबाट यस क्षेत्रका उम्मेदवार रास्वपा प्रवेश गरेपछि प्रलोपाले कुनै निर्णय गरेको थिएन । यो समझदारीमा प्रलोपाका नेता बामदेव क्षेत्री, उम्मेदवार घिमिरेले सहमतिअनुसार अघि बढ्ने जनाएका छन् । पार्टीका अनुसार कर्णाली प्रदेश तथा साविक राप्तीका केही स्थानमा समेत नेकपा एमालेसँग चुनावी तालमेल भएको छ ।

रूपन्देही ३ मा यसअघि जसपाका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले घिमिरेलाई सघाउने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची