'ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य'

२ महिना अगाडि

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गर्नुभएको हो । उहाँले यस्ता पर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सहकार्यको भावना विस्तार गर्ने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड भएको बताउँदै यो पर्व सांस्कृतिक सद्भावका कारण अन्य समुदायले पनि आत्मीयतापूर्वक मनाउने गरेको उल्लेख गर्नुभयो । यसले नेपालको विविधताबीचको एकतालाई व्यवहारमा उतार्ने काम गरेको उहाँको भनाइ छ ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उहाँले संविधानले सबै धर्म, संस्कार र संस्कृतिलाई समान सम्मान दिएको स्मरण गराउनुभयो । यही समावेशी अभ्यास नै सामाजिक स्थायित्व र सहअस्तित्वको आधार भएको उहाँले बताउनुभयो ।
मौलिक कला, भाषा र संस्कृतिहरू हाम्रो पहिचानका आधार मात्र नभई पर्यटन प्रवद्र्धन र आर्थिक विकासका महत्वपूर्ण स्रोतसमेत भएको उहाँले उल्लेख गर्नुभयो । यस्ता सांस्कृतिक पर्वहरूको संरक्षण र प्रवद्र्धनले लुम्बिनी प्रदेशलाई सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

समृद्ध प्रदेश निर्माणका लागि सरकारसँगै सबै समुदाय, युवा, महिला, उद्यमी तथा नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ । साझा लक्ष्य र सहकार्यका आधारमा अघि बढ्दा मात्र दिगो विकास र समावेशी समृद्धि सम्भव हुने उहाँले स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे