'देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित'

२ मिनेट अगाडि

रुपन्देहीको देवदह नगरपालिका क्षेत्रमा विद्यार्थीलाई लक्षित गरी साइबर सुरक्षा तथा साइबर अपराध रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। सोइया महिला स्वावलम्बी संस्थाको आयोजना र गल्स फस्ट फण्ड परियोजनाको सहयोगमा सञ्चालित यस कार्यक्रमले प्रविधिको बढ्दो प्रयोगसँगै निम्तिन सक्ने जोखिमबारे विद्यार्थीहरूलाई सचेत गराएको छ। सरस्वती माध्यमिक विद्यालयबाट सुरु भएको यो अभियान नगरपालिकाभित्रका सातवटा विद्यालयहरूमा चरणबद्ध रूपमा सञ्चालन गरिएको परियोजना संयोजक निर्मला भण्डारीले जानकारी दिनुभयो।

कार्यक्रम अन्तर्गत सरस्वती माविका १६० जना, प्रगति माध्यमिक विद्यालय का १२७ जना, जनता आधारभूत विद्यालय का ६८ जना, महामाया भवानी माध्यमिक विद्यालय का १४० जना, भविष्य निर्माण माध्यमिक विद्यालय का १०० जना, कोटही आधारभूत विद्यालय का ६६ जना तथा खड्ग माध्यमिक विद्यालय का ११५ जना विद्यार्थीलाई तालिम प्रदान गरिएको थियो।

संस्थाकी अध्यक्ष केशुमाया श्रेष्ठका अनुसार इन्टरनेटमार्फत हुने विभिन्न प्रकारका ठगी, सामाजिक सञ्जालको दुरुपयोग तथा साइबर अपराधका जोखिमबारे सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। प्रविधिको बुद्धिमानीपूर्ण प्रयोग समयको आवश्यकता भएको उल्लेख गर्दै उहाँले सुरक्षाका व्यावहारिक उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो। डिजिटल माध्यममा विद्यार्थीहरूको व्यापक संलग्नता हुने भएकाले उनीहरूलाई जिम्मेवार र सचेत बनाउन सके सुरक्षित समाज निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ थियो।

संस्थाकी व्यवस्थापक मेनुका न्यौपानेले कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल संसारका अवसर र जोखिमबारे स्पष्ट बुझाइ दिनुका साथै सुरक्षित अनलाइन व्यवहार अपनाउने व्यवहारिक सीप विकास गर्न मद्दत गरेको बताउनुभयो। उहाँले विद्यालयस्तरमै साइबर सुरक्षा शिक्षा आवश्यक रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले अभिभावक, शिक्षक र समुदायबीच पनि प्रविधि प्रयोगसम्बन्धी जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवल की प्रहरी सहायक निरीक्षक प्रतिक्षा कुवरले जिल्लामा बढ्दो साइबर अपराधको अवस्थाबारे जानकारी गराउँदै प्रविधिको सकारात्मक प्रयोगको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्ने तरिका, अपरिचित व्यक्तिसँग अनलाइन संवाद गर्दा अपनाउनुपर्ने सावधानी, व्यक्तिगत विवरणको गोपनीयता कायम राख्ने उपाय तथा आर्थिक प्रलोभनबाट बच्ने विषयमा विद्यार्थीहरूलाई सचेत गराउनुभयो।

साथै उहाँले साइबर अपराध र बालविवाहबीच देखिन थालेको सम्बन्ध, यसले पार्ने सामाजिक तथा मानसिक असर, जोखिम न्यूनीकरणका उपाय तथा सम्बन्धित विद्यमान कानुनी व्यवस्थाबारे पनि जानकारी गराउनुभएको थियो। उक्त कार्यक्रमको संचालन एलिना हमालले गर्नुभएको थियो।

कार्यक्रमले विद्यार्थीहरूलाई सुरक्षित डिजिटल व्यवहारतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै

दुर्गा प्रसाईं फेरी पनि पक्राउ, बढीमा २५ दिन प्रहरी हिरासतमा रहने