'भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा'

५३ मिनेट अगाडि

रुपन्देही — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रज्जवल बोहराले सुकुम्बासी समस्याको स्थायी समाधान र भ्रष्टाचारमुक्त समाज निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताएका छन्।

आज देवदह नगरपालिका–१०, चरङ्गेबाट चुनावी घरदैलो अभियानको औपचारिक शुभारम्भ गर्दै उनले वर्षौंदेखि भूमि अधिकारबाट वञ्चित नागरिकहरूलाई जग्गाको स्वामित्व दिलाउने प्रतिबद्धता व्यक्त गरे। मतदातासँगको भेटघाटमा उनले सुकुम्बासी समस्यालाई अब चुनावी नारामात्र नभई वास्तविक भूमिहीनको पहिचान गरी लालपुर्जा वितरण प्रक्रियालाई ठोस रूपमा अगाडि बढाइने बताए।

नेता बोहोराले प्रशासनिक झन्झट अन्त्य गर्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनसम्मत स्वामित्व दिलाउने, शिक्षा-स्वास्थ्य तथा रोजगारीका अवसरलाई टोल-टोलमा विस्तार गर्ने, र सरकारी सेवामा प्रविधिमैत्री प्रणाली लागू गरी भ्रष्टाचार अन्त्य गर्ने योजना अघि सारेका छन्। उनले राजनीतिलाई पेशा नभई सेवा ठान्नुपर्ने उल्लेख गर्दै पुराना दलहरूको विकल्पका रूपमा युवा र दूरदृष्टियुक्त नेतृत्व चयन गर्न मतदातालाई अपिल गरेका छन्। रुपन्देही–१ मा सुकुम्बासी बस्तीहरूको बाहुल्यता रहेकाले उनको प्रतिबद्धतालाई स्थानीय मतदाताले चासोका साथ हेरिरहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै

दुर्गा प्रसाईं फेरी पनि पक्राउ, बढीमा २५ दिन प्रहरी हिरासतमा रहने