मादक पदार्थ सेवन गरी स्कूल बस चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीका विभिन्न स्थानमा चल्ने बस चालकहरूले मापसे गरी स्कूलबस चलाउने गरेको गुनासो आएपछि प्रहरीले चेकिङ सुरु गरेको थियो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा माउन्ट हेभन बोर्डिङ स्कुलका चालक आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङका गौतम गुरुङ र विन्देश्वरी स्कूलका भक्त बहादुर गुरुङ रहेका छन् ।
यस्तै अंजली बोर्डिङका डम्बरबहादुर गुरुङ र एसओस बोर्डिङका चालक पदम विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0