'गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियरको  मृत्यु'

२ महिना अगाडि

 सर्लाहीको मलंगवामा गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।जिल्लाको सर्लाही पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यरत यादवमाथि शुक्रवार साँझ करिब ८ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ। घटना मलंगवा नगरपालिका-१० क्षेत्रमा भएको बताइएको छ।

गोली लागेपछि गम्भीर घाइते भएका यादवलाई उपचारका लागि मलंगवा अस्पताल पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार उनको मुटुको नजिक गोली लागेको र उपचारका क्रममा मृत्यु भएको होजिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार अज्ञात समूहले गोली प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)