'देवदहमा जारी तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि पुनः बुद्ध पब्लिकलाई'

२ महिना अगाडि

देवदह। देवदहमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ। फागुन १ देखि ३ गतेसम्म तीन दिन सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले ११ स्वर्ण पदकसहित रनिङ शिल्ड उचालेको हो।

देवदह बुद्ध पब्लिक आवासीय माविले कुल ११ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्दै समग्रतामा पहिलो स्थान हासिल गर्यो। प्रतियोगितामा सगरमाथा आवासीय माविले ६ स्वर्ण, ६ रजत र ७ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्यो।

त्यस्तै, ग्रीनप्लान्ट आवासीय माविले ५ स्वर्ण, ४ रजत र १० कास्य पदक जित्दै तेस्रो स्थान हासिल गर्यो भने सेभेन स्टारले ४ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित चौथो स्थानमा रह्यो।

प्रतियोगितामा प्रथम हुने देवदह बुद्ध पब्लिक आवासीय माविले २५ हजार रुपैयाँ, द्वितीय स्थान हासिल गरेको सगरमाथा आवासीय माविले १५ हजार रुपैयाँ र तृतीय स्थानमा रहेको ग्रीनप्लान्ट आवासीय माविले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। यसअघि पहिलो राष्ट्रपति रनिङ शिल्ड देवदह माविले जितेको थियो भने दोस्रो संस्करणमा बुद्ध पब्लिक आवासीय मावि विजेता बनेको थियो। यस वर्ष तेस्रो संस्करणको उपाधि पुनः बुद्ध पब्लिकले जित्दै आफ्नो वर्चस्व कायम गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
😊
खुशी
0%
😢
दुःखी
50%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)