'वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ'

५ दिन अगाडि

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

प्रहरीले बिहीबार उनीहरूलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–१ का जटाधर राउत, सोलुखुम्बुको थुलुङ गाउँपालिका–३ का थमराज नेपाली, तथा ललितपुरको महालक्ष्मी नगरपालिका–१ का रामकुमार राई रहेका छन्।

उनीहरूले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै विभिन्न समयमा पाँच जना पीडितबाट ठूलो रकम असुलेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले पीडितहरूबाट जम्मा ८० लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाई अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै