देवदह । देवदह नगरपालिकामा यहि फागुन १ (भोलि) देखि ३ गतेसम्म तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबारे नगर स्तरीय खेलकुद विकास समितिले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने बारे जानकारी गराएको हो।
प्रतियोगिता देवदह नगरपालिकाको आयोजनामा संचालन हुनेछ । प्रतियोगितामा देवदह नगरपालिका भित्रका १४ सामुदायिक र १३ संस्थागत गरी २७ वटा विद्यालय बाट भलिबल, कबड्डि, एथलेटिक्स र कराँते गरी ४ वटा विधामा ११८१ जना विद्यार्थी सहभागी हुने जनाइएको छ।
प्रतियोगिता सम्पन्न गर्न १२ लाख बजेट विनियोजन गरिएको छ। प्रतियोगिता देवदह नगरपालिका – ५ स्थित मा पानबारी खेलमैदानमा हुनेछ ।
प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै रनिङ शिल्ड जित्ने विद्यालयले २५ हजार नगद, द्वितीय हुने विद्यालयले १५ हजार र तृतीय हुने विद्यालयले १० हजार नगद प्राप्त गर्ने नगर शिक्षा अधिकृत पर्शुराम ढकालले जानकारी दिए।