'सेयर बजार घट्ने क्रम रोकियो'

२ महिना अगाडि

नेपाल स्टक एक्स्चेन्ज  (नेप्से) परिसूचक घट्ने क्रम बिहीबार रोकिएको छ ।

साताको सुरुवातदेखि निरन्तर घटेको नेप्से परिसूचक बिहीबार करिब ९ अंक बढेको हो ।

यो साता आइतबार १०.२४, सोमबार २६.०५, मंगलबार १०.२५ र बुधबार ०.०४ अंक घटेको नेप्सेमा बिहीबार सुधार आएको हो । बिहीबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको नेप्सेले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले बुधबार मार्जिन कारोबार सुविधा निर्देशिका जारी गरेसँगै लगानीकर्ताको मनोबलमा सुधार आएको देखिन्छ । मार्जिन कारोबारपछि बैंक गएर कर्जा लिई ब्रोकरलाई तिर्नुपर्ने झन्झट अन्त्य हुने भएपछि बजारमा कारोबार बढ्ने तथा लगानी समेत बढाउन सकिने भएकाले लगानीकर्ताको मनोबल सकारात्मक भएको देखिन्छ ।

बिहीबार कारोबार सुरु हुँदा २६६२.१० अंकमा रहेको नेप्से सूचक ८.९७ अंक बढेर २६७१.०७ बिन्दु पुगेको छ । नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको हो ।

बिहीबार नेप्सेमा १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी १ सय १५ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन नेप्सेमा कारोबार भएका ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

यस दिन मध्यभोटेकोशी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका धेरै जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको छ । जलविद्युत् कम्पनीको सेयर मूल्यमा सुधार आए पनि समूहगत सूचक ३४.६५ अंक बढेको छ ।

त्यसैगरी बैंकिङ ४.७५, विकास बैंक ६६.८०, वित्त ८.५९, लगानी ०.६५, जीवन बीमा ६३.२२, उत्पादनमूलक ५५.०४ र सामूहिक लगानी कोष ०.०४ अंक बढेको नेप्सेले जनाएको छ । तर, बिहीबार होटल १२१.३४, लघुवित्त ०.६९, निर्जीवन बीमा १६.२७, अन्य ६.२१ र व्यापार समूह ३।५७ अंक घटेका छन् ।

बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिने नेप्सेमा ३ सय ३७ कम्पनीको १ लाख ६ हजार कारोबारबाट २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर ११ अर्ब १० करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ३ सय २९ कम्पनीको ८२ हजार ४ सय ५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप