आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
इटलीका निमित्त कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन् ।
नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् ।
नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो । इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो ।
दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।
नेपालको प्लेइङ ११ स् कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0