'रुकुम पश्चिममा एक व्यक्तिको शव फेला'

२ महिना अगाडि

रुकुम पश्चिममा एक व्यक्तिको शव फेला परेको छ । खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

त्रिवेणी गाउँपालिका-२ बर्खे टाकुराका ४६ वर्षीय लालबहादुर कठायत सोही वडास्थित रुघा खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

स्थानीयले आज बिहान खोलामा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोला तर्ने क्रममा चिप्लिएर लडेको हुनसक्ने र निस्किन नसकेपछि डुबेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए ।

कठायतको शव भेटिएको खोला बगाउन सक्ने खालको भने छैन । रातिको समय भएकोले कसैले नदेखेको र खोला बाहिर निस्कन सक्ने अवस्था नभएपछि उनको मृत्यु भएको हुनसक्ने पुनले बताए ।

कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)