नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ ।
आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम छ ।
हिजो बुधबार सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
हिजो बुधबार चाँदी तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0