'७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरी लुटपाट'

२ महिना अगाडि

दार्चुलामा एक जना ज्येष्ठ नागरिकको हत्या गरी लुटपाट भएको छ ।

शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार हत्या भएको हो ।

घरमा एक्लै रहेकी उनको हत्या गरी घरबाहिर फालिएको अवस्थामा शव फेला परेको स्थानीय मनोरथ जोशीले जानकारी दिए ।

उनको टाउकोमा चोट छ । हत्यापछि उनले लगाएकी साढे तीन तोला सुन लुटपाट भएको जोशीले बताए । घरभित्र बाकस फुटेको अवस्थामा फेला परेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरजसिंह भाटको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)