'रामेछाप बस दुर्घटनामा ५ जनाको मृत्यु, ८ जना घाइते'

२ महिना अगाडि

रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्‍याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।

दुर्घटनास्थबाट उद्धार गरिएका १३ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु भएको प्रजिअ थापाले बताए । उद्धार गरेकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । ७ जनाको खुर्कोट र एक जनाको मन्थलीमा उपचार भइरहेको छ ।

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको छ । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।

सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । सडकबाट खसेको बस नदीमा डुबेको छ । अन्य यात्रुहरुको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप