'खोटाङका एकै घरका दाजुभाइको भारतको कोइलाखानीमा मृत्यु'

२ महिना अगाडि

जागीर खान गएका खोटाङका एकै घरका दाजुभाइको भारतमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ ।

वराहपोखरी गाउँपालिका–१, वराहपोखरीस्थित सालघारी भन्ज्याङका खड्गबहादुर खपाङ्गी मगरका तीन जना छोरामध्ये जेठो र माइलो छोराको बिहीबार भारतको कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएको हो ।

विपन्न परिवारका मगर दाजुभाइ आर्थिक जोहो गर्न गत पुस ३ गते गाउँका अन्य व्यक्तिहरूसँग भारतको मेघालय गएका थिए । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर २७ वर्षीय दाजु पूर्णबहादुर खपाङ्गी मगर र भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

पैसा कमाउँछु भनेर परदेश गएका दुवै छोराको ज्यान गएपछि यता परिवारको बिचल्ली भएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताए । घरमा बुवा–आमा कान्छो छोरा र जेठा छोराको श्रीमती र एक बच्चा रहेका छन् । जेठा र माइला छोराको कोइलाखानीमा ज्यान गएपछि परिवारलाई ठुलो बज्रपात परेको छ ।

घटनास्थलमा बोलाएपछि आफन्तहरू शुक्रबार भारत गएको वडाध्यक्ष कार्कीले बताए । सोही घटनामा वराहपोखरीस्थित भन्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये वराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराउनुभएको हो ।

वराहपोखरीसँगै रोजगारीको सिलसिलामा खोटाङका विभिन्न ठाउँका स्थानीय युवा हिउँदको समयमा काम खोज्दै मेघालय जाने गरेका छन् । भरतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी हालसम्म आएको छैन् ।

मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुहुँदै ज्यान गुमाउनेको परिवारलाई २ लाख भारुका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसैगरी घाइतेलाई ५० हजार भारुका दरले उपचार खर्च दिने बताइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)