'बालिकाको ज्यान जाने घटनामा रास्वपाको प्रतिक्रिया : “न्याय दिलाउन कुनै कसर बाँकी राख्दैनौँ”'

२ महिना अगाडि

रौतहट–२ का उम्मेदवार सगिर आलमको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनका लागि प्रशासनलाई पूर्ण सहयोग गर्ने जनाएको छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा रास्वपाले यो घटनालाई अत्यन्त गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौँ। कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई आवश्यक राहत र सहयोगका लागि पनि पार्टीले पहल गरिरहेको छ।”

रास्वपाले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधन सञ्चालनमा उच्च सतर्कता अपनाउन, सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीका उम्मेदवार, कार्यकर्ता तथा सवारी चालकलाई कडा निर्देशन दिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ