बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति बस दुर्घटनामा परेको हो ।
गम्भीर घाइते भएका थप ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए ।
घाइतेहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको उनले जानकारी दिए ।
बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0