'रास्वपा उम्मेदवार चढेकाे गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु'

२ हप्ता अगाडि

रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ ।

स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन् । ठक्कर दिने गाडी भने रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।

ईशनाथ नगरपालिका-४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको सवारी दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ । मृतक अलसा खातुन सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन् । स्थानीयका अनुसार आफ्नै वडाभित्र दुर्घटना भएको हो ।

प्रहरी स्रोतका अनुसार बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास