'गोली प्रहारपछि अभियुक्त पक्राउ, ६५ तोला सुन बरामद'

२ महिना अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकालबाट प्रहरीले गोली हानेर ६५ तोला सुनसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके घर भएका प्रेम चौधरी छन् ।

काठमाडौंका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी चौधरीलाई पछ्याउँदै गएराति विशेष सूचनाको आधारमा नागार्जुन नगरपालिका क्षेत्रमा पुगेको थियो ।

गएराति करिब साढे ११ बजे चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए ।

त्यसक्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएका प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार पक्राउ परेका चौधरीको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता भट्टराईका अनुसार पक्राउ परेका चौधरी काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध चोरीका घटनाका आरोपी हुन् ।

यसैहप्ता भोटेबहालमा २५ तोला जति सुन चोरी भएको थियो । गत मंगलबार बौद्ध टुसालमा एक घरबाट एक करोडभन्दा बढीको गरगहना चोरी भएको थियो ।
कालिमाटी र ललितपुरका केही स्थानमा पनि नगद र गरगहना चोरीका घटना भएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश