'ललितपुरमा भएको ८३ वर्षीय वृद्ध गर्जमान थापाको हत्या घटनामा तीन जनाविरुद्ध मुद्दा दर्ता'

२ हप्ता अगाडि

ललितपुरमा भएको ८३ वर्षीय वृद्ध गर्जमान थापाको हत्या घटनामा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

मुद्दा दर्ता हुनेहरूमा भारत बिहार रक्सौल पूर्वी चम्पारन मोतिहारी हर्दियाकोठी–९ का २३ वर्षीय सदाम भनिने मोहमद सद्दाम मन्सुरी, हर्दियाकोठी–५ का छोटु भनिने युसुफ हवारी र सोही ठाउँका २२ वर्षीय मोहमद नोमान छन् ।

उनीहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रहरी वृत्त सातदोबाटाको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले बुधबार मुद्दा दर्ता गरेको हो ।

उनीहरूले ८३ वर्षीय गर्जमानको हत्या गरेको आरोप छ । ललितपुर महानरपालिका–१७ प्रसिद्ध टोल बस्ने गर्जमान २६ पुस दिउँसो २ बजेतिर हराएका थिए । गर्जमान हराएपछि उनका आफन्तले दिउँसोभरि टोल वरपर खोजबिन गरे । तर फेला परेनन् ।

गर्जमान फेला नपरेपछि साँझ ७ बजेतिर प्रहरी वृत्त सातदोबाटोमा आफन्तले उजुरी दिए । गहुँगोरो वर्णका अन्दाजी ४ फिट अग्ला गर्जमान बेपत्ता हुने बेलामा नर्थफेस लेखेको कालो रङको ज्याकेट र कालै रङको जिन्सको पाइन्ट, कालो रङको जुत्ता र क्रिम रङको टोपी लगाएका थिए ।

२ दिनपछि गर्जमान बस्ने ठाउँ नजिकैको एक इनारभित्र सेतो बोराको पोको देखिएको थियो । ठूलो, शंकास्पद पोको फेला परेपछि प्रहरीले इनारबाट उक्त बोराको पोको बाहिर निकालेर हेर्दा २६ पुसमा हराएका वृद्ध गर्जमानको शव रहेको पुष्टि भएको थियो ।

बोरामा प्याक गरेर इनारमा शव फालेको भेटिएपछि प्रारम्भिक अनुसन्धानमै ती वृद्धको हत्या भएको देखिएको छ । हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अहिले मुद्दा चलाइएका तीन जनालाई पक्राउ गरेको थियो ।

ती वृद्ध अहिले पक्राउ परेका व्यक्तिहरू काम गर्ने प्लाइड कारखाना नजिकै बस्थे । कारखानामा जाने–आउने भएकाले उनीहरूबीच चिनजान थियो । सधैंजसो २६ पुसमा पनि ती वृद्ध कारखानमा पुगेका थिए । त्यही मौकामा उनीहरूले हत्या गरेको प्रहरीले बताएको थियो ।

हत्यापछि शवको हातखुट्टा बाँधेर बोरामा प्याक गरी इनारमा फालिएको थियो । हत्याको मुख्य कारण औठी लुटपाट रहेको देखिएको थियो । पछि औंठीसहित प्रहरीले बरामद गरेको थियो ।

२६ पुस दिउँसो करिब ५ बजेतिर वृद्धको हत्या गरेको प्रहरीले बताएको छ । चक्कुले घाँटी रेटेर हत्या गरिएको थियो । प्रहरीले घटनास्थलबाट चक्कुसमेत बरामद गरेको छ ।

हत्यापछि कारखानाबाट करिब २०० मिटर पर रहेको इनारमा शव फोलिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास