'चितवनमा प्रहरीसँग दुर्गा प्रसाईका कार्यकर्ताको भिडन्त, ३ जना पक्राउ'

२ महिना अगाडि

आज चितवनमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईंका टोलीसँग प्रहरीको लफडा परेको छ ।

भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुगेर फर्किने मौखिक अनुमति प्रहरी प्रशासनबाट लिएर चौबीसकोठी पुगेपछि बाटोमै सभा गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा प्रसाईं समूहसँग लफडा भएको हो ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार प्रसाईं समूहलाई चौबीकोठीसम्म र्यालीको लागि अनुमति दिइएको थियो । तर, बाटो नै बन्द गरेर सभा गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा लछारपछार भएको उनले बताए ।

प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार ५–७ सय को हाराहारीमा रहेका दुर्गा प्रसाईं समूहले बाटो नै रोकेपछि तितरबितर पारिएको हो । उनले तीन जनालाई नियन्त्रणमा लिइएको समेत जानकारी दिए । प्रहरीका अनुसार लछारपछारमा कोही पनि घाइते भने भएका छैनन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप