'झापामा नक्कली सुन देखाएर ठगी गर्ने पक्राउ'

२ हप्ता अगाडि

झापाका विभिन्न ठाउँमा गएर नक्कली सुन देखाएर आफूलाई अप्ठ्यारो परेको र उपचारका लागि रकम अभाव भएको भन्दै ठगी गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुर चौदण्डीगढी नगरपालिका वडा ३ बस्ने ४३ वर्षीय जितबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर बजारमा रहेको भोजपुर ज्वेलर्समा विकले सुन जस्तो देखिने पहेलो धातु {नक्कली सुन) धरौटी राख्न खोजेपछि यो रहस्य खुलेको हो ।

यसभन्दा अघि बिर्तामोडमा पनि विक यस्तो कार्यमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ज्वेलर्सका सञ्चालकले शङ्का लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले विकको साथबाट नक्कली सूनको गहना सहित नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको खड्काले जानकारी दिए ।

लोभलालच देखाएर यस प्रकारका ठगीका घटनाहरू हुनसक्ने भएकाले सचेत हुन प्रहरीले सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै