'२०२६ टी–२० विश्वकपमा ९ एसोसिएट राष्ट्र, इटलीको पहिलो सहभागिता'

२ हप्ता अगाडि

भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ९ वटा एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये इटली पहिलो पटक टी–२० विश्वकप खेल्दैछ ।

युरोपियन छनोट पार गर्दै इटलीले इतिहास रचेको हो । स्कटल्यान्डलाई हराएर र जर्सीलाई रनरेटमा पछि पार्दै इटली विश्वकपमा पुगेको हो । इटली समूह ‘सी’ मा इंग्ल्यान्ड, नेपाल, स्कटल्यान्ड र वेस्ट इन्डिजसँग खेल्नेछ ।

क्यानडाले अमेरिकी रिजनल छनोटमा सबै खेल जित्दै विश्वकपमा स्थान बनायो । नामिबिया अफ्रिका छनोटबाट चौथोपटक विश्वकप खेल्दैछ । नेपालले एसिया–इएपी छनोटमा अपराजित रहँदै तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाएको हो ।

नेदरल्यान्ड्स युरोपबाट, ओमान एसियाबाट, स्कटल्यान्ड वरियताको आधारमा, यूएई एसिया छनोटबाट र अमेरिका २०२४ को प्रदर्शनका कारण सिधै विश्वकपमा पुगेका हुन् ।

यी टोलीहरूले ठूला राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै विश्वकपमा नयाँ इतिहास रच्ने लक्ष्य लिएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै