'बालेनको कार्यक्रममा भीड छोपेर सुनको सिक्री लुट्ने गिरोह सक्रिय, एक पक्राउ'

३ हप्ता अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सहभागी कार्यक्रममा भीडको फाइदा उठाउँदै सुनको सिक्री लुट्ने गिरोह सक्रिय भएको खुलेको छ । कञ्चनपुर र अछाममा गरी कम्तीमा ६ जनाको सिक्री लुटिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको झलारीमा बालेन पुगेको कार्यक्रममा धनगढीका मनोज चौधरी र सञ्जीव मल्लको सुनको सिक्री भीडमै लुटिएको थियो । उनीहरूले तत्काल प्रहरीमा उजुरी दिएका थिए ।

सीसीटीभी फुटेजका आधारमा खोजी भइरहेको अवस्थामा बिहीबार अछामको साँफेबगर नगरपालिका–४ स्थित रास्वपाको कार्यक्रममा पर्साको पकाहा मैनपुर गाउँपालिका–५ का ३१ वर्षीय उमेश राय पक्राउ परेका छन् ।

प्रहरीका अनुसार रायसहितको समूहले बालेन सहभागी कार्यक्रममा आएका ४ जनाको सिक्री लुटिसकेको र पाँचौँ व्यक्तिको चोर्ने क्रममा उनी पक्राउ परेका हुन् । अछाममा मात्रै ६ तोलाभन्दा बढी सुन चोरी भएको जनाइएको छ ।

अन्य संलग्नको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास