नयाँ दलहरु गमलाको फुल जस्तो भएकोे एमालेका केन्द्रिय सदस्य तथा नेकपा एमाले रुपन्देही क्षेत्र न १ को उम्मेद्धार दधिराम न्यौपानेले बताएका छन ।
रुपन्देहीको तिलोत्तमा ११ को शाखा कमिटीको विस्तारित भेलालाई सम्बोधन गदै न्यौपानेले सो कुरा बताएका हुन ।
उनले गमलाको फुल फुुल्ले बेला सम्म राम्रो देखीएपनी त्यसको आयु २र४ दिनको मात्र हुने बताउदै एमाले पुस्तै पुस्ताको पार्टी भएको दावी गरे । अहिले बजारमा चलेको हल्लाको पछी नलाग्न आग्रह समेत गेरका छन । नेकपा एमाले–तिलोत्तमा ११, १२, १० र १७ तथा देवदह नगरपालिका १ र २ को विस्तारित भेलालाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताएका हुन । नेता न्योपानेले नेकपा एमालेको सरकारले मात्र रोहिणीमा पुल, जलाधार निर्माण गर्न सक्ने बताए । उनले आफुले जितेपछी आम रुपन्देही क्षेत्र न १ का जनताको भावनालाई सम्बोधन गर्ने बताउदै कसैलाई पनि निरास हुन नहिने बताएका थिए ।
उनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा देशभरबाट एमालेका उम्मेदवारीले जित हासिल गर्ने दावी गरे । तिलोत्तमा ११, १०, १२, १७ र देवदह नगरपालिका १ र २ शाखा कमिटीको विस्तारित भेलाले निर्वाचन परिचालन संगै विभिन्न जिम्मेवारी समेत बाडफाड गरेको सो पार्टीले जानकारी दिएको छ । विस्तारित भेलाले निर्वाचन परिचालन, युवा परिचालन, विद्यार्थी परिचालन, महिला परिचालन, कार्यालय व्यवस्थापन, जनप्रतिनिधि समन्वय लगायतका विभिन्न उपसमिति गठन गरिएको पार्टीका रुपन्देही क्षेत्र १ का सचिव सुरेन्द्र श्रीले जानकारी दिए ।
विस्तारित बैठकमा पार्टीका केन्द्रिय अनुसासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, एमाले पार्टी रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले एमाले जनताको पार्टी भएको भन्दै चुनाव पछि एमालेकै नेतृत्वमा सरकार बन्ने बताएका थिए । कार्यक्रममा प्रदेश कमिटि सदस्य कबिराम अर्याल, क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक प्रकाश अर्याल, हरि पाण्डे, खेमप्रसाद पाण्डे, दिलबहादुर सिंजाली, रेनुका पाण्डे, गिता सापकोटा सुनिल्का खवास, उमेश बस्याल लगायतले आ–आफना सुझावहरु राखेका थिए ।
देवदह–१, को शाखा कमिटी अध्यक्ष रामब पराजुलीको अध्यक्षता, २, को शाखा कमिटी अध्यक्ष नारायणसिंह ठकुरी, तिलोत्तमा ११ शाखा कमिटी अध्यक्ष भेषराज सापकोटा, तिलोत्तमा १२ शाखा कमिटी अध्यक्ष हरि गौतम, तिलोत्तमा १० शाखा कमिटी अध्यक्ष मिनप्रसाद ज्ञवालीको अध्यक्षता र तिलोत्तमा १७ शाखा कमिटी अध्यक्ष केदार थारुकोे अध्यक्षतामा विस्तारित बैठक सम्पन्न भएको थियो ।


