'चितवनमा वृद्धाको लुटपाट र हत्या अभियोगमा ५ जना पक्राउ'

२ महिना अगाडि

रत्ननगर नगरपालिका ४ की ६३ वर्षीय सुकमायादेवी तामाङको हत्या तथा लुटपाट अभियोगमा चितवन प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।

पुस २५ गते राति लुटपाट तथा हत्या गरिएको अवस्थामा आफन्तले २६ गते बिहान भेटेका थिए । घरको माथिल्लो तलामा एक्लै सुतेकी सुकमायाको हातखुट्टा तथा मुखसमेत बाँधेर हत्या भएको थियो ।

उक्त घटनामा संलग्न आरोपमा जितपुर सिमरा उपमहानगरपालिका-२२ घर भइ चितवन रत्ननगर-१० मा बस्दै आएका विजय भन्ने शुक्रबहादुर भोलन, बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ कै ललितपुर-१० बस्ने सूर्यमान वाईवा पक्राउ परेका छन् ।

त्यसैगरी धादिङको थाक्रे गाउँपालिका-५ का ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जा बिरुवा गाउँपालिका-८ घर भई रत्ननगर ४ सिनेमारोड बस्ने ३१ वर्षको मिलन भन्ने कौबहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका-१२ घर भई काठमाडौं थानकोट बस्ने ४७ वर्षीय हीराबहादुर स्याङ्तान छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार उनीहरूबाट ना २५ प ६९६५ नम्बरको पल्सर मोटरसाइकल, बागमती प्रदेशको ०१-००२ ज ७९८५ नम्बरको इनड्राइभमा दर्ता भएको ट्याक्सी, मृतक तामाङले प्रयोग गर्ने मोबाइल फोन, मृतकको पैसा राखेको कपडाको पर्स १ थान र अन्य ७ थान मोबाइल बरामद गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार शुक्रबहादुर भोलन दुई वर्षअघि तामाङको घरमा डेरा गरी बस्थे । भोलनले एक्लै बस्दै आएकी तामाङको आनीबानी र घरको अवस्था समेत जानकारी लिई हत्याको योजना बनाएको जनाएको छ । चितवन रत्ननगर नै डेरा गरेर बस्ने सूर्यमान वाइवा र कौबहादुर गुरुङ मिलेर अन्य तीनजनालाई सम्पर्क गरी हत्या तथा लुटपाटको योजना बनाएको स्वीकार गरेको एसपी पुरीले बताए ।

उक्त घटनामा इप्रका रत्ननगरका प्रमुख डीएसपी सुवास भट्टको टोलीले तालिमप्राप्त कुकुर‍समेत परिचालन गरी अनुसन्धान गरेको थियो ।

डीएसपी भट्टका अनुसार चितवन बस्ने वाइवा र गुरुङले सूर्यमान वाइवा, बुद्धिमान लामा र हीराबहादुर स्याङ्तानलाई सम्पर्क गरी हत्याको योजना बनाएका स्वीकार गरेका छन् ।

पक्राउ परेक पाँचैजनालाई प्रहरीले कर्तव्य ज्यान र डाँका मुद्दामा अनुसन्धान अघि बढाइएको छ । कर्तव्य ज्यान मुद्दामा जन्मकैद र डाँका मुद्दामा ७ वर्षदेखि १४ वर्षसम्म र ७० हजारदेखि १ लाख ४० हजार रूपैयाँसम्म जरिबानाको प्रावधान छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)