'सिन्धुलीमा मोटरसाइकल दुर्घटना, ३० वर्षीय युवकको मृत्यु'

३ हप्ता अगाडि

सिन्धुलीको दुधौली नगरपालिका–१० खत्रीचोकस्थित भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार दुर्घटनामा दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका सुनुवारलाई उपचारका लागि नगर अस्पताल सिर्थौली लैजाने क्रममा बाटोमै मृत्यु भएको डीएसपी सुवेदीले जानकारी दिए। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै