'आमा छोरा हत्यामा संग्लन दुईजना पक्राउ'

२ महिना अगाडि

बारामा एकै परिवारका आमा छोरा हत्यामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् ।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । बुधबार बिहानीपख राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बताए । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

आक्रमणबाट ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन् । उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा उनीहरूकै बुहारी र अर्का एक युवकलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । पक्राउ परेका ती युवक २६ जनवरी ९१२ माघ० मा मात्रै दुबईबाट नेपाल आएको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

दुबईको सारजाह विमानस्थलबाट काठमाडौं ओर्लिए लगत्तै ती युवक बारा पुगेका थिए । त्यसपछि बुहारीकै मिलेमतो र योजनाअनुसार आमाछोराको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

‘बुहारीसँग ती विदेशबाट आएका युवकको विवाहत्तेर सम्बन्ध रहेको बुझिएको छ । यसबारे परिवारमा थाहा पाएर किचकिच भएपछि योजनाबद्ध रुपमा हत्या गरेको जस्तो देखिन्छ । थप विषय अनुसन्धानबाट खुल्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)