नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
सुनआज एकैदिन तोला ९ हजार ५ सयले बढेर हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि ४३० रुपैयाँले बढेर ७ हजार ३०० कायम भएको छ ।
मङ्गलबार सुनको मूल्य तीन लाख ९ हजार ३०० र चाँदीको मूल्य ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0